कांग्रेस पार्टीको अध्यक्ष शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका बिरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।बिहान ९ बजे देखि शुरु भएको छलफलमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता सहभागी छन् ।त्यस्तै एमालेबाट निष्कासित नेताहरु माधवकुमार नेपाल र भीम रावल तथा माओवादी अध्यक्ष प्रचण्ड, कृष्णवहादुर महरा, देव गुरुङसहितका नेता छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि छलफलमा सहभागी रहेको बताइएको छ ।