बेलायत र भारतपछि अब भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरस

0 Shares

बेलायत र भारतपछि अब भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको अति संक्रामक नयाँ भेरियन्ट फेला परेको छ।

भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिवर नयाँ म्युटेशन निकै खतरनाक रहेको वताएका छन् । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् ।

भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ हाइब्रिड भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्री थान लङ्गले भनेका छन् भियतनाममा  कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो ।’

भियतनाममा पछिल्ला केही हप्तादेखि संक्रमण बढ्दो क्रममा छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि चिन्ता जनाइएको छ

 

सम्बन्धित समाचार

सबै