एमालेले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने एमालेको ओली पक्षले निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली पक्षीय नेताहरू मात्र रहेको स्थायी कमिटीको मंगलवर वसेको वैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रबक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
त्यस्तैगरी एमाले वैठकमा प्रतिनिधि सभा बिघटनपछिका राजनीतिक घटनाक्रम र सर्बोच अदालतमा विचाराधीन मुद्दा प्रभाबत गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ ।
साथै बजेट र लुम्विनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्बाचनको समेत बैठकमा समिक्षा भएको छ ।बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे वैठकको एजेण्डा नै नभएको प्रबक्ता ज्ञवालीले बताए । एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।
नेकपा एमालेमा पार्टी एकता हुने सम्भावना एकदमै कम रहेको छ । प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक पनि संसद् बिघटन गरेपछि तत्कालीन एमालेका नेता माधव नेपाल पक्षले बिरोध जनाउँदै विपक्षि गठबन्धनसँग मिलेका थिए । माधव नेपालले नयाँ पार्टी दर्ता समेत गर्ने तयारीमा रहेका छन् ।