रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता हुने – The kathmandu news

रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता हुने

नेपाल सरकारले रेशम चौधरीमाथी  लगाइएको मुद्दा फिर्ता लिइने भएको छ  । सरकार र थारुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सोहीअनुसार चौधरीलाई कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ। सहमति अनुसार थरुहट-थारुवान् आन्दोलनका क्रममा ज्यान गुमाई, राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित ब्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा बिभिन्न स्थानमा भएको धनजनको क्षतिको छानवन र मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि वढाउने भनिएको छ ।

नेपाल सरकारले थारु कल्याण कारिणी सभासँग बार्ता गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगबती चौधरी रहेको बार्ता टोली गठन गरेको थियो ।

थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोलीमा रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका छन् ।

MajesticPapers.com Promo XpertWriters.com promo code Essay Roo Coupon Code write research paper Voucher Codes Buyessaysafe.com Promo code 2023 papers 3 promo code Discount Code ProofreadingEssay.com discount code Thehomeworkhelp.com Coupon Code Resume2Hire Discount Promo Codes Up to 40% AssignmentProvider Discount Promo Codes Up to 40% Essaywriting.expert Discount Buy discount AssignmentHelp4Me.com discounts Edututor.co.uk Discount who can help me Discount Coupon WritingEssayeast Discount Promo Codes Up to 40%