आज मिति २०७८/०२/१९ गते बुधबारको दिन मधेशी आयोगका माननीय अध्यक्षज्यूको सचिवालय द्वारा आयोजना गरिएको “नागरिक समाज संग मधेशी आयोगको अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ | अन्तरक्रिया कार्यक्रमको विषय “कोभिडले उत्पन्न गरेको अवस्था र आयोगले गर्नुपर्ने पहलहरु” रहेको थियो |
सो कार्यक्रममा पुर्वको मेची देखि पश्चिमको महाकाली सम्मका नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो | सहभागीहरुले आ-आफ्ना ठाउँमा कोभिडले उत्पन्न गरेका समस्याहरु र आयोगले त्यस्ता समस्याहरु समाधान गर्नको लागि चाल्नुपर्ने आवश्यक कदमहरुको बारेमा सल्लाह तथा सुझाव दिएका थिए |
आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले आएका समस्याहरुको समाधानका लागि आयोगले यथाशिघ्र नेपाल सरकारलाई ध्यानकर्षण गराउने तथा सल्लाह सुझावहरुलाई मनन गरि र सोहि अनुसार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो |
आयोगका माननीय सदस्य जीवछ साहज्यूले यस महामारी को बेला देखापरेका समस्याहरुलाई गम्भीर रुपमा लिएर आयोगले पहल गर्नुपर्ने ठाउँमा छिटो भन्दा छिटो पहल गर्ने कुरालाई प्रस्ट पार्नुभयो |
यो कार्यक्रमलाई निरन्तरता दिने तथा जनता संगको पहुँचलाई अझ सजिलो बनाउन नयाँ नयाँ कार्यक्रमहरु पनि ल्याउने कुरा माननीय अध्यक्षज्यू तथा सचिवालयको प्राथमिकतामा रहेको छ |
सो कार्यक्रम मा.अध्यक्षज्यूको स्वकीय सचिव दिपेन्द्र यादवले संचालन गर्नुभएका थिए |