माधब नेपालले नयाँ पार्टी घोषणा गर्न सक्ने

0 Shares

एमालेबाट निष्कासित माधब नेपाल समूहले केन्द्रीय कमिटीको बैठक आज बोलाएको छ । बैठकले आज दिउँसो १ बजे भर्चुअल रुपमा बस्नेछ ।

देश र पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षका एक स्रोतले जनाएको छ ।केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्षसंग बार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्रै दुई धार देखिन थालेको छ ।

हिजो भएको नेपाल पक्षका जनवर्गिय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाब दिएको थियो ।आज बोलाईएको केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने बुझिएको छ ।

सम्बन्धित समाचार

सबै