0
Shares
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
बिहीवार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।
बेलायतीले अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सत्यतथ्य कुरा नबुझि भ्रमपूर्ण समाचार सम्प्रेशन नर्गन सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।