
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदका तिन जना मन्त्री बाहेकका अन्य सबै मन्त्रीलाई हटाउने भएका छन् । नयाँ मन्त्रीहरुको सपथग्रहण आज शुक्रबार साँझ ८ बजे शितल निबासमा हुदैछ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने भएका छन्। उनीहरुसहित राजपा र एमालेका उप प्रधानमन्त्री पोडेलको मर्यादाक्रम माथि रहने छ भने राजेन्द्र महतो त्यसपछिको मर्यादा क्रममा रहने छन् । एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका हुन्।
उनले प्रधानमन्त्री ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ । पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ बन्ने भएका छन् ।
पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।
त्यस्तै शेरवहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।
उता, संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो। जसपाका उपप्रधानमन्त्री महतोसहित आठ जना मन्त्री र दुई राज्यमन्त्री हुने छन् ।
जसपाले पाएको मन्त्रालय र पठाइएका नेताहहरु :
१. राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
२. शरत सिहं भण्डारी – उर्जा
३. अनिल झा- खानेपानी
४. बिमल श्रीवास्तव- श्रम
५. उमाशंकर अरगरिया- वन
६. लक्ष्मण लाल कर्ण- भुमिसुधार
७. चन्दा चौधरी – महिला
८. एकबाल मियाँ- युवा
९. चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०. रेणुका गुरुङ – राज्य मन्त्री महिला