बसन्त नेम्बाङलाई गृह, लीलानाथ श्रेष्ठलाई संघीय मामिला जिम्मेबारी,अन्य सबै मन्त्रीहरुको बिदाई !

0 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका ४ मन्त्री वाहेक सबैलाई हटाउने भएका छन् । वर्तमान १ मन्त्रीलाई उपप्रधान थप गर्दे अर्को अर्को १ मन्त्रीलाई गृहको जिम्मेबारी दिइएको छ ।

बालुवाटार श्रोतका अनुसार बसन्त नेम्वाङलाई गृह, लीलानाथ श्रेष्ठलाई संघीय मामिलाको जिम्मेवारी दिइएको छ भने कृष्णगोपाल श्रेष्ठलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीमै यथावत राख्ने भएको छ ।

त्यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपप्रधानको समेत जिम्मेवारी दिइएको छ । यसबाहेक सबै मन्त्रीहरु मन्त्रिपरिषदबाट विदा गरिएको हो।

सम्बन्धित समाचार

सबै