जहाँ समस्या त्यहिँ मधेशी आयोग

0 Shares

एक नयाँ कार्यक्रमको सुरुवात !

सदैव झैँ जनताको सजिलो पहुँचलाई प्राथमिकतामा राखेर मधेशी आयोगका माननीय अध्यक्षज्यूको सचिवालयले “सिधा सम्पर्क अध्यक्ष संग” भनेर एउटा नयाँ अभियान/ कार्यक्रमको आज बाट सुरुवात गरेको छ | आफ्नो, टोलको, गाउँ-ठाउँको समस्या छ भने हरेक शनिवार ४:००-६:०० बजे बेलुका आफ्नो समस्या सिधै मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूलाई सुनाउन सक्नुहुनेछ |

जनताको पहुँच भनेको देश विकास तर्फ अग्रसर हुने विश्वास का साथ् यो कार्यक्रमको सुरुवात गरिएको छ | माननीय अध्यक्षज्यू, सचिवालय तथा आयोगबाट सो समस्याको समाधानको लागि यथाशिघ्र आवश्यक कदम चालिनेछ |

आयोगको हेल्पलाइन ११५२ वा टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरेर समेत आफ्नो गुनासो टिपाउन सक्नुहुनेछ |

“जहाँ समस्या ; त्यहिँ मधेशी आयोग” र “आयोग : तपाइँ को हरेक सुख दु:खमा :भन्ने नाराका साथ् आउने दिनहरुमा जनता संग जोडिनको लागि हामीले अझ प्रभावकारी कार्यक्रम ल्याउने समेत विश्वास दिलाउन चाहन्छु |

दिपेन्द्र कुमार यादव
स्वकीय सचिव (९८५११३०१०६)

सम्बन्धित समाचार

सबै