पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्बजनिक गरेको बिवरण – The kathmandu news

पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्बजनिक गरेको बिवरण

प्रदीप ज्ञवाली पदमुक्त भएलगत्तै आफ्नो आम्दानी/खर्चको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा ज्ञवालीले सार्वजनिक गरेको बिवरण अनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत छ ।

उनले लेखेका छन्, हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनु बहेक मन्त्री बनेलगत्तै सार्बजनक मेरो सम्पत्ति विवरणमा कुनै फेरवदल नभएको जानकारी गराउँछु ।’

मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको ज्ञवालीले बताएका छन् ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबपत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ,’ ज्ञवालीले लेखेका छन् ।

आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निबास शनिबार छाड्ने उनले बताएका छन् । मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई उनले धन्यवाद दिएका छन् ।

ज्ञवाली ३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।

Zipstudy.com Discount Code Writing-help.org Discount Codes Paperwritings.com Coupon Code write my essay for free pay someone to do my research paper PremierEssay Coupon Code get resume made ParaphrasingTool.net Promo London Proofreaders Coupon Code Not within my expectation level and the standard the I am looking for. I will send it to another writer to check the English. Luckily I received a 23% discount here FindWritingService.com Discount Code 2023 2023 discounts of BestCustomWriting.com