उपेन्द्र यादव प्रदेश २ स्थित सरकारलाई पुर्नगठन गर्ने तयारीमा

0 Shares

२ जना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा)मा जारी समानान्तर नेतृत्वबीच दुई रोचक घट्नाक्रम देखिने भएको छ ।

अध्यक्ष महन्थ ठाकुरपक्ष संघीय सरकारमा सरकारमा गएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ स्थित सरकारलाई पुर्नगठन गर्ने तयारी थालेका छन् ।

नेपाली कांग्रेस र माओवादीलाई साथमा लिएर प्रदेश २ सरकार पुर्नगठन गर्ने तयारी यादवले थालेका हुन् । प्रदेश २ मा तत्कालिन राजपा र सपाको सरकार छ, जून पार्टी एक भएपनि एउटै संसदीय दल भने बन्न सकेको छैन ।

पुर्व राजपालाई सत्ताबाट अलग्याई कांग्रेस र माओवादीको साथ लिएर सरकारको नेतृत्वलाई जारी राख्ने योजनामा उपेन्द्र यादव रहेको बुझिएको छ ।

३० जना पूर्व समाजवादी पार्टी र २५ जना पूर्व राजपाको सांसदहरुको सर्मथनमा लालबाबु राउत नेतृवको बर्तमान सरकार संचालन भइरहेको छ ।

यसकालागि माओबादीसँग सहमती भइसकेको र कांग्रेससँग संवाद जारी रहेको यादवपक्षका एक नेताले बताए । पुर्व राजपालाई अलग्याइने छ र माओबादी कांग्रेसलाई सरकारमा भित्रिने छ ,उक्त नेताले भने अध्यक्षजीले कांग्रेससँग संवाद जारी राखेका छन् ।

त्यसैगरी पूर्वराजपाका मन्त्री रामनरेश राय पनि यादव पक्षमा गइसकेका छन् । जसपाका अलवा प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ८, एमालेको २१, संघीय समाजबादी पार्टी नेपालका १ गरी जम्मा १०४ सांसद छन् ।

सरकार बनाउनका लागि ५३ जना सांसद हुनुपर्ने हुन्छ तर उता नेकपा एमाले र पुर्ब राजपाले पनि आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउने आन्तरिक तयारीमा समेत जुटेका छन् ।

यता महन्थ ठाकुरपक्ष राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयमा १० मन्त्री सहित केन्द्र सरकारमा गएको छ ।

सम्बन्धित समाचार

सबै