मधेशी आयोगकाे उच्चस्तरीय अनुगमन समितिको बैठक सम्पन्न – The kathmandu news

मधेशी आयोगकाे उच्चस्तरीय अनुगमन समितिको बैठक सम्पन्न

महत्वपूर्ण एजेन्डा सहित उच्चस्तरीय अनुगमन समितिको बैठक सम्पन्न :

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समितिको बैठक आयोगको सभाहलमा सम्पन्न भएको छ | तराई-मधेश तथा मधेशी संग सम्बन्धित विभिन्न समसामयिक विषयमा आज छलफल भएको थियो | सो बैठकमा निम्न विषयहरुमा गहन तथा फलदायी छलफल भएको थियो :

-पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी द्वारा चलाइएको गोलि बाट एक युवक को मृत्यु भएको सम्बन्धमा,
-चुरे संरक्षण र तीव्र रुपले दोहन भइरहेको,
-शव व्यवस्थापन मा समस्या आउने गरेको,
-निजि स्वास्थ्य संस्थाहरुको मनोमानी,
-सामुदायिक, सामाजिक र धार्मिक सम्बन्ध बिग्रिन सक्ने,
-विद्यार्थीहरुमा मनोवैज्ञानिक तनाव सिर्जना,
-कृषिको लागि बजार व्यवस्थापन हुन् नसकेको,
-अक्सिजन र बेडको व्यापक समस्या र औषधिको कालोबजारी,
-धरेलु हिँसा बढ्दै गएको जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो |

माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले औषधिको कालाबजारी गर्ने, अक्सिजन र बेड लुकाउने, उपचारको नाममा चर्को पैसा असुल्ने जस्ता कार्यहरुलाई रोक्न तथा जनतालाई उपचारको लागि सहज वातावरण सिर्जना गरिदिन आवश्यक निर्देशन तथा सल्लाह दिएका थिए |

सो बैठकमा आयोगका श्रीमान सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो |

“आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गरि आफ्नो समस्या टिपाउन सक्नु हुनेछ”

धन्यवाद !

दिपेन्द्र कुमार यादव
स्वकीय सचिव

Academized Discout Code Marvelous-Essays.com Discount Codes, Promo Coupons and Vouchers 2023 ?? ProDissertationHelp.co.uk coupon code Quick Assignment Help Coupon Codes MyPerfectWords Discout Code Chiefpapers.com Discount EssayYoda.com coupon code Mycustomwriting.com Promo Code hire someone to write a paper do my coursework for me EssayCurve.com Coupons 2023 EssayHelp4Me.com promo code EssayLearning.co.uk Discount Code