प्रधानन्यायाधीश बिरामी भएपछि आज संबैधानिक इजलास नबस्ने

0 Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरामी भएपछि आज संबैधानिक इजलास नबस्ने राणा विरामी परेपछि आज बस्ने भनिएको संबैधानिक इजलास नबस्ने भएको छ।

प्रधानन्यायाधीश राणाले आज आफू विरामी भएकाले संबैधानिक इजलास नबस्ने जानकारी सर्बोच अदालत प्रशासनलाई दिएका थिए।

उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको संबैधानिक इजलासमा रहेका एक न्यायाधीशले जानकारी दिए।

प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन। सर्बोच स्रोतका अनुसार संबैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ।

आइतवर प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संबैधानिक इजलास गठन गरेका थिए।

इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन। आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो।

नयाँ इजलाशमा रहेका न्यायाधीशहरूमाथि पनि महान्यायाधिवक्तासहितका सरकारी पक्षका वकीलहरुले प्रश्न उठाउँदै इजलाश परिवर्तन गर्न दबाब दिँदा आइतबारको बहस विषयमा प्रवेश नै गर्न पाएको थिएन ।

आइतबारको सुनुवाईमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६ -५_ अनुसार प्रधानमन्त्री बनाउने आदेश माग गर्दै रिट दिएका चार जनाले संबैधानिक इजलाशको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने जिकीर गर्दै निबेदन दिएका थिए ।

खासगरी हाल इजलाशमा तोकिनुभएका २न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई हट्नुपर्ने दबाब महान्यायाधिवक्तासहितले दिएका थिए ।

सम्बन्धित समाचार

सबै