राजस्व बिभागले करिब १७ करोड रुपैयाँ बराबरको मुद्दा दायर

0 Shares

राजस्व अनुसन्धान बिभागले राजस्व छलीविरुद्ध ५ मुद्दा दायर गरेको हो । बिभागले करिब १७ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको हो ।

सुनसरीको धरान उप-महानगरपलिका -१२ को ग्लोबल इम्पेक्स ईन्टरनेशनलका प्रोप्राईटर किसन कुमार अग्रवालबाट चार करोड ४२ लाख रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदावी लिइएको छ । उनीहरूविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको विभागले जानकारी दिएको छ।

धरानकै अर्को एसएन इन्टरनेशनलको प्रोप्राईटर राम निवास अग्रवालबाट चार करोड ५२ लाख रुपैयाँ विगो असुल गरी जरिबना र कैद मागदाब लिइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ बस्ने श्याम कुमार बानियासमेत २ जनाले राजस्व चुहावट गरेको अभियोगमा पाँच करोड ५० लाख रुपैयाँ बिगो जफत एबं असुल गरी जरिवाना र कैद सजाय मागदाब गरीएको छ । उनीहरूविरुद्ध उच्च अदालत तुलसिपुरमा मुद्दा दायर गरिएको हो।

पर्सा वीरगञ्ज महानगरपालिका-१९ को भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवार समेत चार जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । एक करोड २२ लाख रुपैयाँ बिगो जफत र असुल गरी जरिवाना र कैद सजाय मागदावी लिइएको बिभागले जानकारी दिएको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दायर गरिएको उल्लेख छ।

ट्रक चालक सुनिल कुमार यादव, तिरुपति खाद्य तथा भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्र प्रसाद कलवार, भन्सार एजेन्ट नम्बर १२५ का राममणी खनाल तथा वीरगञ्ज भन्सार प्रतिनिधि अशोक कुमार श्रेष्ठले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ।

काठमाडौँ-१४ कुलेश्वर बस्ने भारतीय नागरिक सत्यनारायण प्रसादबाट ९९ लाख रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिएको उल्लेख छ । उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

रौतहत वृन्दावन नगरपालिका-६ बस्ने अमन कुमार तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४० लाख रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी लिइएको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित समाचार

सबै