मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने – The kathmandu news

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने

गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले २७ गते बिहीबार गते बिश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

बिश्वासको मत लिनुभन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते बिश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले बैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था हो।

do your school work