ठाकुरले मागे आयोगसंग ७ दिनको समय – The kathmandu news

ठाकुरले मागे आयोगसंग ७ दिनको समय

गत जेठ १८ गते जसपाका अध्यक्ष ठाकुर अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता कितावको बिवरण निर्वाचन आयोगलाई सच्याउन आग्रह गरेका थिए ।त्यसै दिन जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।जेठ १८ गते अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा दिँदा केन्द्रीय कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर बुझाएका थिएनन् ।उपेन्द्र यादवले अनुचुची १८ बमोजिम फारममा विवरण पठाएको तर महन्थ ठाकुरबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाएका अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा बिवरण पेश गर्न मात्र भनिएको थियो ।गत जेठ १९ गते निर्वाचन आयोगले दुबै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो । त्यससँगै आयोगले अध्यक्ष ठाकुरसँग भने केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।यस्तै जेठ १८ गते नै अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहितका नेतालाई निष्कासनको निर्णय गर्दा केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित बुझाएका थियो ।
PaperFellows Promo Code, Coupons, Discount Codes and Review geekandsundry promo code Phddissertation.info Discount Code BritishEssayWriting.co.uk coupon code WriteMyEssays.net Coupon Code grademiners coupon Discount Code Grademiners.com Promo Code Assignment Club Coupon Codes