0
Shares
नेपालमा २४ घण्टाभित्र थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।
चौबीस घन्टामा देशभर कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना निको भएको मन्त्रालयले जनाएको छ ।