वागमती प्रदेश प्रमुख तथा मधेसी आयोगका अध्यक्ष संग विशेष छलफल 

0 Shares

मधेशी आयोगका माननीय अध्यक्ष ड़ा.विजयकुमार दत्तज्यूले बागमती प्रदेशका मा.प्रदेश प्रमुख श्री विष्णु प्रसाईज्यू संग भेटघाट गरि यस प्रदेशमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिहरुको हक हित को संरक्षण, सम्वर्धन तथा सशक्तीकरणको लागि प्रदेशले गर्नुपर्ने कामहरु तथा त्यस्ता कामहरुमा आयोगले गर्नुपर्ने समन्वय तथा सहकार्य का विषयहरुमा लामो गहन छलफल गर्नुभएका थिए | त्यस क्रममा प्रदेश प्रमुखज्यूले प्रदेश प्रमुखको कार्यालय बाट हुन् सक्ने आवश्यक पहलहरुमा आफु र कार्यालय सधै तयार रहेको बताउनुभयो |

तत्पश्चात, माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले जिल्ला सुरक्षा समिति संग जिल्ला प्रशासन कार्यालयमा बैठक बसी समग्र जिल्लाको वस्तुस्थिति बारे जानकारी लिएका थिए | त्यसक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुले माननीय अध्यक्षज्यूलाई वस्तुस्थिति बारे जानकारी गराएका थिए | माननीय अध्यक्षज्यूले नागरिकको सुरक्षा प्रथम कर्तव्य रहेको र यसमा कुनै कमी कमजोरी आउन नदिन बताउनुभयो | माननीय अध्यक्षज्यूले मधेशी समुदायको हक हित को संरक्षणमा कुनै कसर बाँकी नराखन निर्देशन दिनुभयो | सो बैठकमा माननीय अध्यक्षज्यूले सबैलाई धन्यवाद दिदै आयोग सधै साथ साथ रहेको कुराको प्रतिबद्धता व्यक्त गर्नुभयो |

सम्बन्धित समाचार

सबै