
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।
शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई पनि बोलाइएको छ ।तर प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।