प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीमा जुटेका छन् । हाल आफूसँगै राखेका ७ वटा मन्त्रालयमा ओलीले बिहीवार अपराह्न मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले गृह, रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, उद्योग, बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी बिकास, वन तथा वातावरण मन्त्रालयहरु आफैंले सम्हाल्दै आएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश कुमार पहारी, गृह मन्त्रीमा खगराज अधिकारी, कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वाला कुमारी शाह, वन तथा वातावरण मन्त्रीमा वनमा नारदमुनि राना, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज किशोर यादव, वन राज्यमन्त्रीमा आशा विक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी मोहन बानियाँको राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले बताएको छ । सपथ हुन्जेलसम्म यीमध्ये कतिपय नामहरु फेरबदल पनि हुन सक्ने ती स्रोतको भनाई छ ।
गत शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी(जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।