
विघठित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठकको आयोजना गरिएको छ । तर रोचक कुरा के छ भने यसमा प्रधानमन्त्रीलाई बोलाईएको छैन ।
सभामुखले पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
उनको सचिवालयका अनुसार उनले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।
उनले शुक्रवार २ बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका छन् । छलफलमा सहभागिताका लागि दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र पठाएका थिए ।
उक्त छलफलमा प्रधानमन्त्रीलाई भने बोलाईएको छैन । एमाले अध्यक्षको नाममा केपी शर्मालाई बोलाईएको छ तर उनलाई प्रधानमन्त्रीको रूपमा न बोलाईएकाले उनि उक्त बैठकमा नजाने बताईएको छ ।
उक्त बैठकमा प्रधानमन्त्री सहभागी नहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो, सल्लाहकार थापा भन्छन्, “प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।
यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।