२४ घन्टामा थप ३७५० जनामा कोरोना पुष्टि, ६७ संक्रमितको मृत्यु भएको

0 Shares

देशमा २४ घण्टामा ३,७५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएका छन्   ।

यससँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ। यस्तै, एन्टीजे बाट १८ हजार ७५५ जनामा कोरोना पहिचान भएको छ।

आज २४ घण्टामा देशभरमा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ ।यससँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएकाे हाे  ।देशमा संक्रमित निको हुने ८६ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । नेपालमा हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमित निको भएका छन्।

सम्बन्धित समाचार

सबै