0
Shares

आज धनुषाको मुखिया पट्टी मुसहरनियाँ गाउँपालिका मा पोखरीमा डुवेर ५ वालिकाको मृत्यु भएको हो।
शुक्रवार घर नजिकै पोखरीमा नुहाउन गएका बेलामा उक्त गाउँपालिका-६ का बालिका पोखरीमा डुबेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
वालवालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थलतर्फ पुगेको थियो । अहिलेसम्म पाच जना वालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेकाे प्रहरी प्रवक्ता मिश्रले बताए, ‘पोखरीमा खोजी अइले पनि भइरहेको छ ।
बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताएका छन् । मृत्यु भएकाहरुको उमेर लगभग १० देखि १२ बर्ष रहेको छ ।