
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बिपक्षी गठवन्धनले बहुमत सांसद्को हस्ताक्षरसहित बुझाएको छ । बहुमत सांसद्को हस्ताक्षरसहित बुझाएसँगै कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
कांग्रेसका नेपालीलाई मुख्यमन्त्री नियुक्तिका लागि शशरिर उपस्थित भएर प्रदेशसभाका ३१ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयबाट फर्किएका छन्।
उक्त आह्वान भएको दुई घण्टाभित्र बिपक्षी गठबन्धनको ३१ सांसदको समर्थन लिएर गएको हो । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ जनाको सर्थमन चाहिँ भए पनि मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले बिहीबार २७ मत मात्रै पाएर सदनको बिश्वास गुमाएका थिए।
उनको बिपक्षमा ३० मत परेको थियो । मतदानमा मनाङ्गे अनुपस्थित भएका थिए। पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ एक स्वतन्त्र सांसदसहति ३१ सांसदको समर्थन छ।
स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि उनलाई समर्थन लिएका छन्। नेपाली सबै सांसदलाई लिएर प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुगेका थिए।
पौडेलकै अगाडि सांसदहरुको हस्ताक्षरको सनाखत गराउन आग्रह गरे पनि उनले भोलि हेरौँला भनेर फिर्ता पठाएकी उपस्थित एक सांसदले जानकारी दिए।
नयाँ सरकार गठनका लागि आह्वान भएको केही घण्टा पनि बित्न नपाउँदै बिपक्षी गठबन्धन बहुमत सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।
शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौड्लले संबिधानको धारा १६८ (२) वमोजिम १६८ (५) अनुसार मुख्यमन्त्रीलाई नियुक्तिका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन्। उनले भोलि दिउँसोसम्मको समय दिए पनि तयारी अबस्थामा रहेका बिपक्षी तत्कालै सरकार बनाउन अग्रसर भएकाे देखिन्छ ।