प्रदेश २ प्रमुख राजेश झा ‘अहिराज’ले मन्त्रिपरिषद समावेशी नभएको भन्दै पत्रचार

0 Shares

प्रदेश २ स्थित प्रदेश प्रमुख राजेश झाजीले मन्त्रिपरिषद समाबशी नभएको भन्दै पत्र लेखेपछि मुख्यमन्त्री लालबाबु राउतले तत्कालै प्रतिकृया दिदै त्यसलाई सहज रुपमा लिने वताएका छन् ।

प्रदेश प्रमुखले सरकार समाबशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने उनले बताए । संविधानले उहाँ प्रदेश प्रमुख लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु, मुख्यमन्त्री राउतले भनेका छन् ।

प्रदेश प्रमुखले स्मरणपत्र पठाएपछि के गर्नुहुन्छ रु भन्ने संवाददताहरुसँगको प्रश्नमा उनले भने, उहाँले ध्यानआकृष्ट गराउनुभएको छ । ध्यानआकृष्ट भएको छ ।’

यसअघि जेठ २८ गते प्रदेश २ का प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएका थिए ।

उनले महिला, दलित, जनजाति, शहीद परिवार, गैरमधेसीको पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउन पत्रमार्फत सुझाव दिएका थिए ।

त्यस्तै यसअघि एक जना प्रदेशसभा सदस्यले पनि प्रदेश २ को सरकारमा महिला सहभागिता नहुनु संबिधान विपरित भएको सार्बजनक अभिब्यक्ती दिएकी छिन् ।

सम्बन्धित समाचार

सबै