सर्वोच्चको आदेशले संविधानको आधारशीला भत्किने खतरा : प्रदीप ज्ञवाली

0 Shares
एमाले पार्टी प्रबक्ता प्रदीप ज्ञवालीले सर्बोच अदालतको आदेशले संविधानको आधारशीला भत्किने खतरा भएको बताएका छन् ।

साथै एमालेबाट निस्कासित भएका ४ जना प्रदेश सांसदलाई पुनर्बहाली गर्न सर्बोच अदालतले दिएको आदेशलाई लिएर एमालेले असन्तुष्टि जनाएको छ ।

ज्ञवालीले सर्बोचको आदेशबाट संविधानको आधार स्तम्भ नै भत्किने खतरा औंल्याउँदै यसको कानूनी प्रतिवाद गरिने बताए ।कर्णाली प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेका ४ सांसदलाई एमालेले पार्टी र सांसदबाट हटाएको थियो ।

सो कारबाहका बिरुद्ध उनीहरूले सर्वोच्चका रिट दायर गरेका थिए । त्यसमा सुनवाइ गर्दै सर्वोच्चले उनीहरूलाई पुनर्बहाली गर्न अन्तरिम आदेश गरेको हो ।

प्रबक्ता प्रदीप ज्ञवालीका अनुसार सर्बोचको आदेशमाथि भ्याकेटमा जाने तयारी एमालेले गरेको छ । प्रदीप ज्ञवालीले एक अन्तरवार्तामा भनेका छन्  यदि त्यो नै अन्तिम फैसलाका रूपमा आउने स्थिति भयो भने संबिधानको आधार स्तम्भ नै भत्किन्छ । किनकी हाम्रो संबिधानको मुल चरित्र भनेको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली हो । त्यसको पिल्लर भनेका दलहरु हुन् । दल भनेको निश्चित विचारधाराको र अनुशानमा स्वेच्छिकरुपमा बाँधिन तयार भएको संगठन हो । यस्तो दलले आफ्ना सांसदलाई निश्चित अनुशासनमा बाँध्न नसक्ने र जसले जे पनि गर्न मिल्ने हो भने दलीय सिस्टम सकिन्छ । संबिधानको आधार भत्किन्छ ।

दलहरूको आन्तरिक विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै ज्ञवालीले यसको कानूनी प्रतिवाद नगरे गलत नजिर बस्न सक्ने औंल्याए । आफ्नो पार्टीलाई अप्ठेरो परेकोले भन्दा पनि गलत नजिर स्थापित हुने चिन्ताले भ्याकेटमा जान लागेको ज्ञवालीको भनाइ थियो  ।

सम्बन्धित समाचार

सबै