लकडाउन खुल्नेबित्तिकै जनकपुर-जयनगर रेल सञ्चालन हुने

0 Shares

लकडाउन खुल्ने बित्तिकै जनकपुर-जयनगर रेल सञ्चालनको तयारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका हुन् ।

मन्त्री नेम्बाङल पानी जहाज कार्यालय, मेट्रो रेल बिभाग र यातायात ब्यवस्था बिभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्ने बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका  हुन् ।

नीतिगत, ब्यवहारिक र प्राबिधिक सम्पूर्ण कुराहरुको ब्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले  बताए ।

रेल सञ्चालनका लागि अध्यादेश जारी गरीसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ  उनले भने, कोभिड महामारीले वाधा पुरयाएको छ । लकडाउन खुल्ने बित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । जनतालाई रेलको सेवा प्रदान गर्नका लागि १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।

अध्यादेश ल्याउने, जीएम नियुक्ति गर्ने लगायत कानुन ब्यवस्थित गरिसकेका उनको भनाइ छ ।मन्त्री नेम्बाङल पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन् ।

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्नेकुरा पनि स्पष्ट पारे ।खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाइ छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिएका छन् ।

त्यसैगरी यातायात ब्यवस्था बिभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्कामा सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उनले आग्रह गरे छ।

सम्बन्धित समाचार

सबै