मधेशी आयोगका माननीय अध्यक्ष तथा उच्चस्तरीय अनुगमन समितका संयोजक डा.विजयकुमार दत्तज्यू र नेपाल प्रहरी का प्रदेश-२ प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह बीच आज प्रदेश-२ को समग्र वस्तुस्थिति बारे छलफल सम्पन्न भएको छ | डीआईजी सिंहले प्रदेश-२ का शान्ति सुरक्षाको स्थिति, देखापरेका समस्याहरुको बारे माननीय अध्यक्षज्यूलाई जानकारी गराउनुभएका थिए |
मुखियापट्टी मुसरनियाको घटनाको सत्यतथ्य छानविन , लकडाउनको समयमा बढेको घरेलु हिँसा, कोरोनाको बेलामा पनि विभिन्न बहानामा अनावश्यक भीडभाड गर्ने, नेपाल-भारत सिमामा देखापरेका समस्याहरु जस्ता समसामयिक विषयहरुमा बारे छलफल भएको थियो |
डीआईजी सिंहले प्रहरीले प्रदेश-२ को लागि आवश्यक रणनीति बनाई शान्ति सुरक्षामा कुनै कमीकमजोरी आउन नदिने बताउनुभयो |
माननीय अध्यक्षज्यूले तराई-मधेशमा बढिरहेको घटनालाई आवश्यक रणनीति अपनाई नेपाल प्रहरीले न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्न तथा यस्ता कामहरुमा आयोगले गर्नुपर्ने सहयोग तथा सहकार्यको लागि आयोग सधैं तयार रहेको बताउनुभयो |