प्रदेश नं २ स्थित सर्लाहीमा विषालु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५, पडरियामा विषालु मदिरा सेवनबा तीन भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षका राम ईश्वर पासवान, ३९ वर्षका दिनकर दास, ६५ वर्षका कैलु दास, ५० वर्षका जुगेश्वर माझी र २४ वर्षका बलिन्द्र दास रहेका छन् ।
यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षका दाताराम निसाद, ५५ वर्षका शिवसागर निसाद र ३२ वर्षका सर्वेस राम निसादको पनि मृत्यु भएको हो ।
उनीहरूको ४ दिन भित्रै मदिरा सेवनबाट मृत्युु भएको गाउँपालिकाे अध्यक्ष बिनोद साहले बताए । पडरिया गाउँ बढी दलित समुदायको वसोवास रहेको र त्यहाँ मदिरा भट्टीमा समेत रहेकाले मदिरा सेवनबाटै उनीहरूको मृत्यु भएको अध्यक्ष साहको भनाइ छ ।
तीनजना भने उपचार पश्चात् निको भएको गाउँपालिका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए ।