सिन्धुपाल्चोकमा आएको बाढी पहिरोमा परी सात जनाको मृत्यु

0 Shares

बागमती प्रदेश स्थित सिन्धुपाल्चोकको हेलम्बुमा मङ्गलवार साँझ आएको बाढी र पहिरोमा परी ७ जनाको मृत्यु भएको छ ।

उक्त बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले बताएका छन् ।

‘हेलम्बुमा हालसम्म ७ जनाको मृत्यु भएको छ’ पोखरेलले भने ‘उहाँहरूको सनाखत हुन सकेको छैन ।’ हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको उनले बताए । हेलम्बुमा पानीको बहाब बढेकाले जान सकिएको नसकिएको उनले बताए ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

सम्बन्धित समाचार

सबै