अध्यक्षज्यूको निर्देशनानुसार कारवाहीको प्रक्रिया अगाडी बढाईएको – The kathmandu news

अध्यक्षज्यूको निर्देशनानुसार कारवाहीको प्रक्रिया अगाडी बढाईएको

मणिकान्त झा भन्ने प्रहरी कर्माचारीलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याएको सम्बन्धमा भाइरल भएको भिडियो माथि मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूको गम्भीर ध्यानकार्षण भएको छ | सो भिडियोमा झा लाई “मधेशी हो , मधेश तिर जा” भन्ने शब्दहरु प्रयोग गरि होच्याएको देखिन्छ |

माननीय अध्यक्षज्यूको निर्देशनानुसार सो घटनालाई तुरुन्त उजुरीमा दर्ता गरेर आयोगले आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाईसकेको सम्बन्धित सबैमा विनम्र जानकारी गराउदछु |

साथै माननीय अध्यक्षज्यूले तुरुन्त नेपाल प्रहरीका प्रहरी महानिरीक्षकज्यूलाई फोन सम्पर्क गरि सो घटनाको छानविन गरि आवाश्यक कारवाही गर्न भनिसक्नुभएको पनि सम्बन्धित सबैमा विनम्र निवेदन गर्दछु |

कुनै पनि समुदायलाई अपमानजनक शब्द प्रयोग गरि होच्याउनु कानुनत: अपराध हो ।