हेटौँडाबाट १४३ किलो गाँजासहित ३ पक्राउ – The kathmandu news

हेटौँडाबाट १४३ किलो गाँजासहित ३ पक्राउ

हेटौँडा उप- महानगरपालिका–११ थाना भर्‍याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेकोछ  ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का १८ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार आज विहान ३ः०० बजेको समयमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना१ख ९९१० नं को कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको छ ।

उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको हो  ।

help me solve order paper Essay Roo Coupon Code Onlineessayhelp.co.uk Coupon Code Professionaltutorservice.co.uk Discount Dreamassignment.com Coupon Code Oxbridgedissertationhelp.co.uk Promo code 2023