सरकारले बिदेश जानेका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिने – The kathmandu news

सरकारले बिदेश जानेका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिने

नेपाल सरकारले बिदेश जानेका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिने भएको छ

बिदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मान्यता दिने भएको छ  ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।

यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज बिराटनगर, न्यूरोकार्डियो अस्पताल बिराटनगर, विराट मेडिकल कलेज बिराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको छ  ।

मन्त्रालयका सहप्रबक्ता अधिकारीले प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताएका हुन् ।

do my essay free EssayThinker.com Discount Qualified Writers Coupon Codes Edusson Discount Promo Codes Up to 40% ExtraEssay Coupon Code Uk.edusson.com Coupon Code i need help with school EssayNara.com fresh discount Essayorders.co.uk Discount Code finest paper Zessay.com Discount Coupon law coursework help PremierEssay Promo Code WritingHub.co.uk Discount Code EssayShark Discount Coupon