नेपाल विश्व हिन्दू महासंघ दूारा हिन्दू धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्नेलाई कारवाही मांग

0 Shares

73Shares
facebook sharing button

नेपाल विश्व हिन्दु महासंघले हिन्दू धर्म र संस्कृति प्रति अभद्र टिप्पणी गर्नेलाई प्रेस विज्ञप्ति मार्फत कारवाही मांग गरेको छ। ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ मिति २०७८ अषाढ ४ गते शुक्रबार का दिन कथित राजनीतिक विश्लेषक सि. के. लाल द्वारा व्यक्त अत्यन्त आपत्तिजनक तथा घृणित अभिव्यक्ति “संस्कृत शिक्षाले हिन्दु तालिबान उत्पादन गरेको छ”। त्यसैगरी गत साता मिति २०७८ जेष्ठ २८ गते शुक्रबार कै दिन पुर्व मन्त्री हिसिला यमीले आफ्नो ट्विटर ह्यान्ड्लको माध्यमबाट अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध लाई इङ्गित गरि गरेको अभद्र टिप्पणी प्रति नेपाल विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल विश्व हिन्दु महासंघक केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल र केन्द्रिय सचिव अभिषेक तिवारी द्वारा संयुक्तरूपमा जारी बिज्ञप्तिमा नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छौं। बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै राजनीतिक विश्लेषक तथा पुर्व मन्त्री जस्तो ओहदा बोकेका व्यक्तिहरुले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणीको नेपाल विश्व हिन्दु महासंघ कडा शब्दमा निन्दा तथा भत्सर्ना गर्दछ। विदेशी मिसिनरी शक्तिहरु द्वारा संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्था संग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरु बाट उजागर भएको कुरा सर्वविदितै छ। त्यस्ता असामाजिक तत्वहरु लाई कानुनी कार्यवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढीको देखिन्छ।

तसर्थ संस्कृत शिक्षा र अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध प्रति यस्ता अत्यन्त आपत्तिजनक, घृणित तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरु लाई यथाशीघ्र कानुनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कार्यवाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल विश्व हिन्दु महासंघ माग गरेको छ।

सम्बन्धित समाचार

सबै