जनता समाजबादी पार्टी बिवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने पक्का भएको हो । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव समूहले अदालतमा मुद्दा दर्ता गर्न लागेको छ ।
भट्टराई-यादव समूहको तर्फवाट अधिबक्ता दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।
अर्काे प्रयोजनको लागि पहिलेनै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ, अधिबक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा बिपक्षी महन्थ ठाकुरलाई नै बनाइन्छ ।’
जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको हो ।