जातका अधारमा प्रहरी कार्यालयमै गई रंगभेदी अभिव्यक्ति दिएर चर्चामा आएकी ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने टिका संग्रौला ‘ज्वाला, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको छ ।
टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको हो ।
उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बु माथि १६ जेठमा आक्रमण गरेको थियो ।
यसैबीच संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा समुदाय र जातका अधारमा रंगभेदी अभिव्यक्ति दिएर जातिय बिभेद गरेकी थिइन् ।
सो प्रकरणमा पनि उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए ।