देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट म्युटेसन भेटीएको पुष्टि – The kathmandu news

देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट म्युटेसन भेटीएको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट म्युटेसन भेटीएको पुष्टि गरेको हो  ।

मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमवार विज्ञप्ति जारी गर्दै नयाँ म्युटेसन भेटिएको जानकारी दिएका हुन् ।

उनका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भएको बताए । नयाँ म्युटेसनलाई एवाई.१ नाम पनि दिइएको छ ।

हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको विज्ञप्तिमा उल्लेख छ ।मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट सङ्कलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो ।

जसमध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको हो ।योसँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रूपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ

। यी भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको हो ।

Edusson.com Discount Code 2023 Mastersthesiswriting.com Coupon Code EduBirdie Review 2023: Exposing the Reality how to write my resume free accounting help for college students Edit Aid Coupon Code EduBirdie.com fresh discount