माओवादी केन्द्रले दल बदल गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई कारबाही गरे – The kathmandu news

माओवादी केन्द्रले दल बदल गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई कारबाही गरे

माओबाद केन्द्रले दल बदल गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई कारवाही गरेको हो ।

सोमवार भर्चुअल विधिबाटै बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको छ ।

बैठकले एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्काशन गरेको छ ।निष्काशन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको हो ।

बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको हो ।

यस्तै सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास तातीलाई कारबाही गरिएको छ ।त्यस्तै ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ का वडाअध्यक्ष सुरेश कुमार थापा, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक, कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, कैलालीकै गौरीगंगा नगरपालिका ४ की वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका १ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन विसीलाई कारवाही गरिएको माओवादी केन्द्रले जनाएको हो  ।

माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।

पार्टीबाट हटाइएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका छन्  ।