अध्यक्ष दाहालले सर्बोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताए – The kathmandu news

अध्यक्ष दाहालले सर्बोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताए

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको संघर्षका लागि नभई संबिधानको रक्षाका यो गठबन्धनको गठन भएको वताएका छन् । 

बिहीवार सम्पादकहरू सँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले बिपक्षी दलहरू बीचको गठबन्धन सैद्धान्तिक, ब्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जानसक्ने  बताए ।

वोहाले संबिधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको हो  । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले ०४६ साल र ०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्‍याएकाले आन्दोलन सफल हुने बताए । ‘यो गठबन्धन कुनै अवसरबादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन, वोहाले भने, यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने विचको लडाइँ हो, सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ भएको हो ।

अध्यक्ष दाहालले सर्बोच अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताछन् । मन्त्री नियुक्ति बदर गर्ने सर्बोचको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उहाँले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उहाँको आरोप छ । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको ठहर छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष  दाहालले एमसीसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हित अनुकुल अघि बढाउने बताए ।

Buy Your Promocode Here EssayPride.com promo code Getessaydone.com Coupon Code Aoneassignments.com Discount Codes resumeedge promo code resumeedge discount code AssignmentHelp4Me.com discounts NinjaEssays.us Promo 2.01 discounts Prices here are surprisingly high. I received the paper which is don't deserve it. JustBuyEssay.com discounts