नेकपा एमालेमा प्रवेश गरेका माओबादी पार्टीका १४ जनप्रतिनिधिको पद रिक्त

0 Shares

माओवादी पार्टीबाट निर्बाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु लाई निर्वाचन आयोगले शुक्रवार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको छ  ।

निर्वाचन आयोगले नेकपा माओबादी बाट निर्बाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पदमुक्त गरेको गरेको छ ।

निर्वाचन आयोगले शुक्रवार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।पद रिक्त भएकाहरुमा रौतहटका सात जनप्रतिनिधि छन् । कैलालीका चार जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक-एक जना छन् ।

असार सातमा वसेको माओबाद पार्टीका केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

सम्बन्धित समाचार

सबै