मौलापुर ना.पा.मा पानीको विषयलाई लिएर झडप हुँदा १५ घाईते – The kathmandu news

मौलापुर ना.पा.मा पानीको विषयलाई लिएर झडप हुँदा १५ घाईते

रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुरमा पानीको बिषयलाई लिएर शनिबार २ पक्ष बिच झड्प हुँदा १५ जना घाईते भएको हो ।
मौलापुर नगरपालिकाको मर्यादपुर गाउँ बस्ने भुवाल साह सोनारको घरमा जमेको बर्षाको पानी निकास गर्न छिमेकीको धानको बिउ रोपिएको जग्गामा खोलेको हुँदा छिमेकी हृदयनाराय यादब संग वादविवाद भई दोहरो झड्प भएकाे छ  ।
यस झड्पमा परेर साह तर्फ आठ र यादवपक्ष सात गरी १५ जना घाईते भएको प्रहरीले जानकारी गराएको छ ।  घाइते सबैको स्थानीय अस्पतालमा उपचार भईरहेको छ र उनीहरुको अवस्था खतरामुक्त रहेको छ  ।

पीडित भुवाली साह सोनारका अनुसार सामान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांसको लाठी, भाठा र घाँस काट्ने हतियार समेतले घरमा पसेर पुरुष,महिला र बालबालिका समेत लाई गम्भीर रूपमा कुटपिट गरेका हुन् ।
भुवाली साह सोनार पक्षका भरत साह सोनार,नयन देवि, सुहन साह सोनार,अन्जु देविको टाउकोमा चोट लागेको छ।
त्यसैगरी श्यामा देवि,किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई चोटपटक लागेको र दुईजनाको हात भांचेको भुवाली साहले बताए ।
घाइते सबैजनाको मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ
घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेकाले उनिहरुलाई थप उपचारको लागि विरामी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको हो ।
मौलापुर क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर हिंसक झड्प गराउने र उक्त समुहमा सहभागी भएकाहरुको पहिचान गरी नियन्त्रणमा लिने दाबी गर्दै एसपी शाहले कानुन भन्दा कोही माथि नरहेको हुँदा यस्ता अराजक गतिविधिमा संलग्न लागेको व्यक्तिहरु बिरुद्ध कडा कारबाही हुने छ  ।

OxfordAcademic.co.uk Discount Code paperhelp discount code coursework help Buy discount