महोत्तरीको भ्रमरपुरामा आफ्नै परिवारका सदस्यद्वारा सुजिता ठाकुरको हत्या, दोषीलाई कानुनी दायरामा ल्याउन मधेसी आयोगको निर्देशन

0 Shares

महोत्तरीको भ्रमरपुरामा आफ्नै परिवारका मान्छे द्वारा सुजिता ठाकुर (माइती – रतौली) नाम भएकी महिलालाई हत्या गरेको सम्बन्धमा मिति २०७८/०३/१० गते नै माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूलाई खबर आउँदा माननीय अध्यक्षज्यूको निर्देशानुसार सो घटनालाई आयोगले उजुरीमा दर्ता गरि आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडी बढाइसकेको जानकारीको लागि अनुरोध गरिन्छ |

माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूलाई घटनाको सूचना प्राप्त हुन् बित्तिकै माननीय अध्यक्षज्यूले महोत्तरीका प्रहरी प्रमुखलाई टेलीफोन सम्पर्क गरि तुरुन्त घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो र साथै आयोगले पनि आफ्नो तर्फ बाट कारवाहीको प्रक्रिया अगाडी बढाइसकेको बताउनुभयो |

यस घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापुर्वक लिएर संगै सहकार्य गरि अगाडी बढ्ने कुरा विनम्र निवेदन गर्दछु |

यस्ता घटनाहरु तपाईको टोल छिमेक मा घटेको छ भने तुरुन्त नजिकको प्रहरी चौकी वा आयोगको हेल्पलाइन ११५२ / टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरि उजुरी टिपाउन हार्दिक अनुरोध गर्दछु |

दिपेन्द्र कुमार यादव
मा.अध्यक्षज्यूको स्वकीय सचिव

सम्बन्धित समाचार

सबै