सामाजिक सुरक्षा कार्यक्रम : उपचारवापत १ लाख बराबरको सेवा अस्पतालबाट लिदाँ २० प्रतिशत मात्रै तिरे पुग्ने – The kathmandu news

सामाजिक सुरक्षा कार्यक्रम : उपचारवापत १ लाख बराबरको सेवा अस्पतालबाट लिदाँ २० प्रतिशत मात्रै तिरे पुग्ने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब विरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता विरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो ।

कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दावी भुक्तानी दिइन्थ्यो, यो ब्यवस्था झन्जिटिलो भएको गुनासो आएपछि सिँधै बिल भुक्तानी गर्दा ८० प्रतिशतसम्म अस्पतालबाटै छूट दिनेगरी तयारी अघि बढाइएको हो  ।

यो सेवा सुरु भएपछि वर्षभरीमा योगदानकर्ताले उपचारबापत एक लाख बराबरको सेवा अस्पतालबाट लिदाँ २० प्रतिशत मात्रै तिरे पुग्नेछ ।
अब उपचार गराउँदा लागेको खर्च कोषमा दाबी गर्न आइराख्नु पदैन्, योगदानकर्तालाई सिँधै अस्पतालबाट छुट दिनेगरी हामी लागिरहेका छौं, कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।

उनका अनुसार अस्पतालबाट सिँधै छुट दिनका लागि अहिले धमाधम सम्झौता भइरहेको छ । काठमाडौं उपत्यकाका सहित प्रदेशमुकाममा रहेका करिब १ सय ५ अस्पतालसँग छुट दिने सम्बन्धमा अहिलेसम्म सम्झौता सम्पन्न भइसकेको छ । प्रदेश १ का २०, प्रदेश २ का १६, वागमती प्रदेशका २०, गण्डकीका आठ, लुम्बिनीका १४, कर्णालीका १० र सुदूरपश्चिमका १७ अस्पतालसँग सम्झौता गरिएको कोषका अधिकारीहरुले बताएका छन् । सम्झौता भएका अस्पतालको सुचीमा काठमाडौंका वीर, शिक्षण अस्पताल समेत रहेका छन् ।

प्रत्येक प्रदेशमा कम्तिमा दस ओटा अस्पतालबाट छुट दिनेगरी सम्झौता योजना अघि बढाइएको र अहिले त्यसभन्दा बढि नै अस्पतालहरुसँग सम्झौता भइरहेको निर्देशक ज्ञवालीको भनाई रहेको छ ।

दोस्रो चरणको कोभिड सुरु भएको हो , बन्दाबन्दी भएन भएन भने असारसम्ममा देशभरका अस्पतालहरुसँग सम्झौता गरेर साउनबाटै योगदानकर्तालाई छुट दिनेगरी अघि बढेका छौं,ज्ञवालीको भनाई रहेको हो  ।

सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि अनुसार छुट दिएको रकम कोषसँग दाबी गरेपछि अस्पतालले पाउनेछ । पछिल्लो समय सामाजिक सुरक्षा कोषले कार्यक्रमहरुलाई ब्यवहारिक बनाउदै लगेको  छ । यसले गर्दा आकर्षण पनि बढ्दो छ ।

२०७५ मंसिर ११ गते सञ्चालनमा आएको सामाजिक सुरक्षा योजनामा हालसम्म करिब १३ हजार आठ सय प्रतिष्ठानमा कार्यरत १ लाख ९८ जना योगदानकर्ता सहभागि भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको हो  ।

Essay-homework-help.com Discount BestAssignmentWriter.co.uk Discount EssayBot Promo Code, Coupons, Discount Codes and Review affordable writing services Writers-house.com Discount Code 3.5 discounts Frankly speaking Writing-help.org Discount Coupon 15% EssayNara.com fresh discount do my assignment NinjaEssays.com coupon code Promo Codes Discount Coupon my math lab help Essay24.com Discount Code 7Dollaressay.com Promo Code Global Projects Help Coupon Codes