डिआइजी सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक बढुवाका लागि सिफारिस

0 Shares

गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले एउटा एआईजीको थप गर्ने निर्णय गरेको थियो ।

सोमवार गृह मन्त्रालयका सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएका छन्।

यससँगै थापा प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलका प्रतिस्पर्धी भएका छन् । हालका आइजिपी शैलेश थापा क्षेत्रीले १९ बैशाख २०७९ मा अवकाश पाएसँगै नियुक्त हुने महानिरीक्षकमा अब पोखरेलसँग र थापाको प्रतिस्पर्धा हुनेछ ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलेको दबाबमा पोखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो ।

सम्बन्धित समाचार

सबै