त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिले एक हप्तादेखि संघर्षका कार्यक्रम सञ्चालन

0 Shares

त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिले एक हप्तादेखि संघर्षका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबीच उनीहरुले मंगलबार कार्यालयमा उपकुलपतिलाई भेटेर तीन बुँदे माग र दुई दिनको समसीमा बुझाएका छन् । ‘दुई दिनभित्रमा पनि हाम्रो मागलाई बेवास्ता गरेको खण्डमा हामी संघर्षका थप कडा कदम चाल्न बाध्य हुनेछौँ,’ संघर्ष समितिका एक विद्यार्थी संघर्ष दाहालले बताए । उनीहरुका मागहरुमा एमफिल–पीएचडीलाई त्रिविले आफ्नो दायित्त्व बहन गर्दै नियमित कार्यक्रमको रुपमा अपनाउँदै अघि बढाउन, एमफिल–पीएचडीस्तरको ज्ञान उत्पादन गर्ने शिक्षालाई अनुसन्धानात्मक बनाउन राज्यले लगानी गरी निःशुल्क अध्ययनको वातावरण निर्माण गरिनुपर्ने लगायतका कुराहरु समेटिएको छ ।

सम्बन्धित समाचार

सबै