एक हातको सहाराले परिवार चलाउन बाध्य – The kathmandu news

एक हातको सहाराले परिवार चलाउन बाध्य


असार १६ गते,२०७८/संजिब झा

 रौतहट – दुर्गा भगवती गाउँपालिका–३ (मत्सरी) घर भएका ५० वर्षीय हेमन्त कुमार झा अपांग भए पनि १५ वर्षदेखि एकै हातको सहाराले रिक्सा चलाएर परिवारका सदस्यहरुका पालन पोषण गरिरहेका छन्। उनी दाहिने हातको सहाराले मात्र रिक्सा चलाउँछन् ।

वीरगन्जको घण्टाघरबाट पश्चिमतर्फ लाग्ने पान गल्लीभित्र ‘हन्स’ भन्ने एक रिक्सा ग्यारेजमा उनको अस्थायी बसोबास छ । रिक्सा चलाउने मात्र नभई नुहाउने, लत्ताकपडा धुने, खाना पकाउने काम पनि उनी आफैं गर्छन् । रसिला र मिजासिला हेमन्त कुमार आफ्नो दैनिकी पूरा गर्ने क्रममा भजन र गीतहरू गाइ रहन्छन् । उनको मुहारमा एउटा मात्र हात भएको ग्लानि र निराशा भाव पटक्कै देखिँदैन । सहकर्मीहरूसँग पनि उनी हाँसो ठट्टा गरी रहन्छन् ।

हेमन्त कुमार  दुई दशकअघिसम्म बर्सेनि रोजगारीका लागि भारतको पन्जाबस्थित अम्बालासम्म पुग्थे । त्यहाँ धान बाली भित्र्याउने काम उनी ठेक्कामा लिन्थे । त्यसका लागि थ्रेसर मेसिन चलाउँथे । ३/४ महिना त्यहाँ काम गर्दा ७०/७५ हजार रुपैयाँ कमाएर घर फर्किन्थे । पन्जाबकै कमाइले गाउँमा १५ धुर जग्गा जोडेर घर पनि बनाएका थिए ।  सन् २००५ मा पन्जाबमै धान झार्ने क्रममा थ्रेसर मेसिनले उनको देब्रे हात काटिए । हेमन्त कुमार आफ्नो गाउँँलाई धेरै माया  गर्छन । उनको गाउँ मत्सरीमा उनलाई एउटा स्वाभिमानी  व्यक्तिको रुपमा चिन्ने गरिन्छ।

ideal essay writers Eliteassignment.co.uk Coupon Code Discount Code College Help Coupon Codes