असार १६,२०७८/संजिब झा
राजधानी -राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुको संयुक्त भर्चुअल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा प्रमुख अतिथि वरिष्ठ युवा नेता तथा पूर्व मंत्री महेश बस्नेत,नेकपा (एमाले) केन्द्रीय सदस्य एवं युवा फाँट प्रमुख ले समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय युवा संघ का नेता-कार्यकर्ताले खेल्नुपर्ने भुमिका का बारेमा प्रकाश पार्नुभएको थियोे भने संघका अध्यक्ष किरण पौडेलले मातहत कमिटीले तत्कालै भर्चुअल बैठक बस्नुपर्ने ,प्राकृतिक प्रकोप (बाढी ,पहिरो ,डुबान लगायत) पिडित का लागि प्रभावकारी स्वयंसेवी भुमिका , भ्याक्सिन भोलिन्टियर को प्रभावकारीता,वृक्षरोपण को प्रभावकारीता ,प्रचार कार्य र कमिटीगत प्रणालीको दैनन्दिन व्यवस्थापन लगायत का विषयमा निर्देशन गर्नुभएको थियोे ।
बैठकमा ५९ जना केन्द्रीय पदाधिकारीहरु मध्ये ४० जना र ७७ जिल्ला अध्यक्ष र संयोजकहरु मध्ये ४९ जना को सहभागीता रहेको थियोे ।