0
Shares
कानुन मन्त्री श्रेष्ठ र मधेशी आयोग अध्यक्ष डा.दत्त बीच भेटघाट ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला सहित विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका माननीय मन्त्री लिलानाथ श्रेष्ठ र मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यू बीच मन्त्रालयमा भेटघाट तथा छलफल सम्पन्न भएको छ | सो छलफल तराई-मधेशका विभिन्न समस्याहरुलाई कसरी समाधान गर्ने तर्फ केन्द्रित रहेको थियो
माननीय अध्यक्षज्यूले माननीय मन्त्रीज्यूलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
सो भेटघाटमा आयोगकी नवनियुक्त माननीय सदस्य आभाकुमारीज्यूको पनि उपस्थिति रहेको थियो |