बिहीबारदेखि आन्तरिक उडान चालु – The kathmandu news

बिहीबारदेखि आन्तरिक उडान चालु

असार १६,२०७८/संजिब झा

राजधानीवैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालन हुँदै छ।मन्त्रिपरिषद्‌को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गरेको छ । प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत भएको  छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् ।

प्राधिकरणको उडान अनुमती शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । स्विकृत तालिका अनुसार, काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगन्‍ज र भद्रपुरका लागि ७/७, जनकपुर र सिमराका लागि ६/६, पोखराका लागि ५ र धनगढी लागि ४ उडान हुने छन् ।

Top Resume Discount code finance homework Allassignmenthelp.co.uk Promo Codes 2023 Promo Code BestCustomWriting.com Promo pay to have someone write your paper PaperDueNow Discount Promo Codes Up to 40% AssignmentHouse.co.uk promo code Top 20 Discount Coupons Edit-Proofread.com Promo Essaypedia.com Discount Codes Hqessays.com Coupon Code Good Sentence Starters for College Essays Australian Writings Reviews PremierEssay Promo Code PaperNow.org discounts where can i pay someone to do my homework